भोटेकोशी बाढी अपडेट: ३५९ जनाको शव भेटियो, चितवनमा सबैभन्दा बढी

  • प्रकाशित मिति : २०८३ भाद्र ११, बिहीबार
  • नेपाल टेल संवाददाता

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाउनेमध्ये हालसम्म ३५९ जनाको शव भेटिएको छ ।

नेपाल प्रहरीले सार्वजनिक गरेको ५ बजेसम्मको विवरण अनुसार सबैभन्दा बढी चितवनमा १३२ शव फेला परेको छ। अन्य जिल्लाहरूको विवरण यस प्रकार छ:



नवलपरासी (पूर्व): ८२ जना

धादिङ: ३३ जना

गोरखा: ३० जना

नुवाकोट: २८ जना

तनहुँ: २२ जना

रसुवा: १७ जना

नवलपरासी (पश्चिम): १५ जना

बाढीमा परी घाइते ६३ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।