राष्ट्रपति रामचन्द्र पौडेलले एक महिनाको तलब भोटेकोशी बाढी प्रभावितलाई दिने भएका छन्।
राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै विपद्पीडित नागरिकको उद्धार, खोज र राहत कार्यमा सहयोगार्थ एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने जानकारी दिएको हो।
विज्ञप्तिमा भनिएको छ, ‘रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण जनधनको ठूलो क्षति भएकोले विपद्पीडित नागरिकको उद्धार, खोज र राहत कार्यमा सहयोगार्थ एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्नुहुने भएको छ।’