प्रधानमन्त्रीसहित सबै मन्त्रीहरूले १ महिनाको तलब सहयोग गर्ने

  • प्रकाशित मिति : २०८३ भाद्र १२, शुक्रबार
  • नेपाल टेल संवाददाता

प्रधानमन्त्री बालेन शाहसहित मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले १ महिनाको तलब बाढी प्रभावितलाई सहयोग गर्ने भएका छन्।

आज बसेको मन्त्रिपरिषद् बैठकपछि प्रवक्ता सस्मित पोखरेलले एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको बताए।