पहिरोले कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध

  • प्रकाशित मिति : २०८३ भाद्र २१, आईतवार
  • नेपाल टेल संवाददाता

कर्णाली राजमार्गअन्तर्गत कालिकोटको गगने खोलामा पहिरो खसेपछि सुर्खेत जुम्ला सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार आज साँझ ६ः३० बजेको समयमा अविरल वर्षाका कारण लेदोसहितको पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।



प्रतिकूल मौसमका कारण रातिको समयमा पहिरो हटाउन समस्या भएकाले तत्काल सडक खुलाउन नसकिएको प्रहरीले जनाएको छ। भोलि बिहानैदेखि पहिरो हटाउने कार्य सुरु गरिने प्रहरीले जानकारी दिएको छ ।

सडकको अवस्थाबारे पूर्ण जानकारी लिएर मात्रै यात्रा गर्न जिल्ला प्रहरी कार्यालय कालिकोटले यात्रु तथा सर्वसाधारणलाई अनुरोध गरेको छ ।