प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोड संकलन

  • प्रकाशित मिति : २०८३ भाद्र २७, शनिबार
  • नेपाल टेल संवाददाता

प्रधानमन्त्री दैविक प्रकोप उद्धार तथा राहत कोषमा हालसम्म १३ अर्ब २३ करोड रुपैयाँ संकलन भएको छ ।

यही १० भदौमा रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा शुक्रबार बेलुकासम्म कुल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात रहेको सरकारले जनाएको छ ।



कोषमा जम्मा भएको उक्त रकममध्ये ९ वटा वाणिज्य बैंकका खातामा ९ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रुपैयाँ मौज्दात छ । यस्तै, दुईवटा वाणिज्य बैंकमा २ करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलर मौज्दात रहेको छ ।

बाढीप्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ । बाढीपछि सरकारले राहत र पुनर्स्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेसँगै स्वदेश तथा विदेशबाट रकम संकलन भई कोषमा दाखिला भएको हो ।