काठमाडौं । सरकारले जारी संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
संघीय संसदको बजेट अधिवेशन आजैदेखि अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिश गरिएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।
राजीनामा मागिएपछि दबाबमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्णय के गर्छन चासोका साथ हेरिएको छ।