मिति २०७७ साल असार २० गते, शनिबार, ईश्वी सन् २०२० जुलाई ०४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । आषाढ शुक्लपक्ष । तिथि– चतुर्दशी ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सानो प्रयत्नले ठुलो कामहरु बन्नेछन् भने सरकारी तथा प्रशासनिक कामहरु समयमा बन्नेछन्। धर्म सस्कृति तथा धार्मिक कार्यमा मन जानेछ । पढाई लेखाईमा भनजस्तो सफलता हात लाग्नेछ भने नतिजा आफैतिर ल्याउँन सकिनेछ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापारमा मन्दी आउने तथा लगानी फस्ने सम्भावना रहेकोछ । पढाइ लेखाइमा मन जाने छैन भने प्रतिष्पर्धामा प्रतिस्पर्धीहरु हावी हुनेछन् । स्वास्थ्य सम्बन्धी समस्या आउनेछ भने पुरना ऋण रोगले सताउनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ भने जीवन साथिको सहयोगले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । गुरुजनको सहयोगले अध्ययन अध्यापनमा प्रगति भएर जानेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अध्ययन तथा अध्यापनमा थोरै समय दिदा पनि राम्रो नतिजा हात लाग्ने हुँदा आफन्त तथा गुरुवर्गहरुबाट थप हौसला प्राप्त हुनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अध्ययनमा अलि बढि समय दिन सके उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । भौतिक सम्पति तथा उपाहार प्राप्तीको गतिलो योग रहेकोछ । माया प्रेममा देखिएका तित्तताहरुलाई चिर्दै एक अर्कामा मन जित्न सकिनेछ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नभएपनि कृषि तथा पशुपालन व्यावसायबाट लाभ लिन सकिनेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा समय खर्चियपनि नतिजा आफ्नो पक्षमा नआउँन सक्छ ध्यान दिनुहोला।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अदालतबाट हुने निर्णयहरु तपाईकै पक्षमा आउनेछन् । आट तथा पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्न जोस आउनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी दिनेछ साथ दिनेछ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्त तथा आत्मिय मित्रका साथ रमाईलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्न सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कुनै प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई पछि छोड्दै तपाईनै अग्र स्थानमा आउनु हुनेछ । राजनीति तथा समाज सेवामा लामो समय देखि समय दिनुभएको छ भने पद प्राप्तीको गतिलो योग रहेकोछ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफन्त तथा अग्रजहरु सँग सानो सानो बिषयमा बिवाद सिर्जना हुने योग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउने तथा खर्च बढ्ने योग रहेकोछ ख्याल गर्नुहोला।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) दाजुभाई तथा अग्रजहरुको हरेक क्षेत्रमा साथ रहने हुनाले मन प्रशन्न रहनेछ । बिषेश समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ रमाउन सकिनेछ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सामाजिक काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पति पत्नी बीचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ।