बिहान खाली पेटमा नखानुहोस् यी खाने कुरा, स्वास्थ्यमा पर्न सक्छ गम्भिर असर

  • प्रकाशित मिति : २०७७ असार २१, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौँ । राम्रो स्वास्थ्यका लागि खानामा पनि सन्तुलन कायम गर्न आवश्यक छ। कुन खान कतिबेला खाने भन्ने बारेमा एकदमै ध्यान दिन आवश्यक छ। गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ। आज हामी तपाईलाई खाली पेटमा खान नहुने केही खानेकुराका बारेमा जानकारी दिदैछौँ।

खाली पेटमा नखानुहोस् यी खानेकुरा :



१) केरा

खाली पेटमा केरा खाँदा शरिरमा म्याग्रिशियमको मात्रा धेरै बढ्न जान्छ । जसुका कारण शरिरमा क्याल्सियम र म्यागनिशियमको मात्रा असन्तुलन हुन जान्छ । विहान खाली पेटमा केरा नखानुहोस् ।

२) कफी

खाली पेटमा कफीको सेवन गर्नु निकै घातक साबित हुन्छ । कफीमा क्याफिन हुन्छ जसका कारण खाली पेटमा नराम्रो असर पार्ने गर्छ । केही कुरा खाएसी मात्र कफी खाने गर्नुहोस्।

३) मसालेदार खाना

कहिल्यै पनि खाली पेटमा मसालेदार खाना नखानुहोस् । यसमा प्राकृतिक एसिड हुने गर्छ जसले खाना पचाउन प्रक्रियालाई बिगार्ने गर्छ। यसका कारण पेटमा धेरै समस्या देखिने गर्छ।

४) अल्कोहल

रक्सी त्यसै त स्वास्थका लागि हानिकारक हुन्छ । खाली पेटमा रक्सीको सेवन गर्नाले झन् स्वास्थ बिगार्ने काम गर्छ । यसले पेटमा झलन हुने समस्या देखाउँछ।

५) मेडिसिन

प्रायः डाक्टरहरु बिरामीहरुलाई खाली पेटमा औषधि नखान भन्छन् । किनभने औषधि खानाले एसिडको समस्या देखिन्छ । यसले शरिरमा असन्तुलन पैदा गर्छ।

६) टमाटर

यसमा अधिक एसिड हुन्छ । यसलाई खाली पेटमा खाँदा अघुलनशिल जेल निर्माण गर्ने काम गर्छ। जसका कारण पेटमा स्टोन निर्माण हुन्छ । किनभने टमाटरमा भिटामिन ए, सी, के, फोलेट र पोटासियम पाइन्छ।

७) सुगर

बिहान उठेपछि वा खाली पेटमा तपाई मिठो चीज खाना रुचाउँनु हुन्छ । यसले तपाईको शरिरमा डायबिटिज बढाउने काम गर्छ। त्यही कारणले गर्दा खाली पेटमा पानी पिएर केही खानु उपयुक्त हुन्छ।