कुलमान घिसिङका बुबाको निधन

  • प्रकाशित मिति : २०७७ असार २२, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका बुबाको निधन भएको छ ।

रामेछाप सुनापती गाउँपालिका–४ बेथानस्थित डहु निवासी ९८ वर्षिय कृपासिंङ घिसिङको गए राती निधन भएको हो ।



ट्वाइलेट जाने क्रममा लडेर घाइते भएका घिसिङलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको परिवारीक स्रोतले जनाएको छ ।

पिता कृपासिंह घिसिङको स्वयम्भुमा अन्त्येष्टि गरिने जनाइएको छ । निर्देशक  घिसिङका पिताको निधनले विभिन्न नेता तथा कार्यकर्ताले दुख व्यक्त गरेका छन् ।