मिति २०७७ साल असार २४ गते, बुधबार । ईश्वी सन् २०२० जुलाई ०८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि–तृतीया ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
माया प्रेममा सामिप्यता बडेर जानेछ । व्यापार व्यवसायमा सामान्य वृद्धि हुनेछ। पानी, खाद्यान्न जस्ता उद्योग तथा व्यावसायमा लगानी गर्दा उचित प्रतिफल पाइनेछ । सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेको छ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
रोजगारिका अवसर सिर्जना गरी धन सम्पत्ति कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट लाभ पाउनेछन् । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ सफलताको सिँढीहरु चढ्न सकिनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
तपाईंको काममा आफन्त तथा शुभचिन्तकहरुको सहयोग रहनेछ । माया प्रेमको गाँठो कसिलो भएर जाने तथा जीवनसाथीको सहयोगले राम्रा कामहरु सम्पादन हुनेछन् । प्रतिष्ठित काम गरी समाजमा नाम कमाउन सकिनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
बैंक तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । मध्यान्हबाट कामका सवालमा उठ्ने गोप्य कुराहरु बाहिर आउन सक्ने हुनाले सजग रहनु पर्नेछ। श्वासप्रश्वास तथा छातीसम्बन्धी समस्याले सताउने हुदा काम गर्न अप्ठ्यारो महशुस हुनेछ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
मायाप्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यतित गर्दा खुसी भएको महशुस गर्नेछन् । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अघि बढ्न सकिनेछ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
विवादित निर्णयहरु तपाईंकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा आउने हुँदा घर परिवार तथा आफन्तहरु खुसी हुनेछन् । पुराना स्वास्थ्यसम्बन्धि समस्याहरु हल भएर जानेछन् भने संकटबाट मुक्ति मिल्ने समय रहेको छ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
मायाप्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् । अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सुखी रहनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले खानपान तथा मौसमको ख्याल गर्नुहोला छाती तथा श्वास प्रश्वाससम्बन्धि समस्या आउन सक्छ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
पढाइ लेखाइमा परिणाममुखी उपलब्धी हासिल गर्न सकिनेछ । दाजुभाई तथा आफन्तसँग मिलेर गरिने जुनसुकै व्यवसाय फस्टाएर जानेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
कुटुम्बसँगको सम्बन्ध थप सुमधुर भएर जानेछ । अध्ययन तथा अध्यापनमा मन जानेछ भने प्रतिस्पर्धीहरुलार्ई सजिलै हराइ नतिजा जित्न सकिनेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै उपलब्धिमुलक कामहरु गर्न सकिनेछ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ भने माया प्रेममा एक अर्कालाई शंका गर्नाले मनमुटाब सिर्जना हुनेछ। मध्यान्हबाट दिगो फाईदा हुने व्यावसायमा लगानी गरी आम्दानीका स्रोतहरु थप्न सकिनेछ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
बाहिरी वातावरण तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्यसम्बन्धी समस्या आउनेछ। बिहानको समय राम्रो रहेको पढाइ लेखाइमा राम्रो प्रगति गर्न सकिनेछ। औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धित सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ।