काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेका कारण अझै केही दिन झरी लाग्ने सम्भावना रहेको छ। छ। नेपालको दक्षिण भू-भाग नजिक मनसुन न्युन चापीय रेखा रहेकाले अझै केही दिन वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज राति देशभर सामान्य बदली रही केही स्थानहरुमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै भोलि पनि प्रदेश १ र सुदुर पश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
हेर्नुहोस् आगामी ३ दिनको मौसम पूर्वानुमान
साउन १० गते (शनिबार)
राती : देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
साउन ११ गते (आईतबार)
दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती : देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
साउन १२ गते (सोमबार)
दिउँसोः देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
राती : देशभर सामान्य देखि पुर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।