काठमाडौं। लोकप्रिय सञ्चाकर्मी रवि लामिछानेले मूलधारको पत्रकारिता लोकप्रियतासंग लोभिएको बताउनुभएको छ । यसरी लोभिनु आवश्यकता नभएको उहाँको ठम्याई छ । चर्चित पत्रकार विजयकुमारसंगको सम्वादमा सञ्चारकर्मी लामिछाने मुलधारका मिडियाहरु एजेण्डा, पोलिसी र जे का लागि समर्पित रहनु पर्ने हो त्यसैमा लाग्दा नै पत्रकारिताको न्याय हुने बताउनुभयो ।
मुलधारका मिडियाहरुको बेग्लै स्थान छ, त्यस्तो स्थान भएको मिडियाहरुले सामाजिक सञ्जालको बहावसंगै प्रभावित हुनु पपुलिष्ट र लोकरिझाई हुन खोजेको जस्तो देखिएको उहाँको भनाइ छ ।
थप प्रष्ट पार्दै उहाँले भन्नुभयो ‘ एउटा कोचको गाइडेन्समा खेलाडीले स्कोर गर्ने हो, कोचले खेलाडीको उसको खोल गराई लोकप्रियता जस्ता कुराहरुबाट लोभिनु नपर्ने बताउनुभयो । लियोनेल मेसीबाट प्रभावित हुने कि टिममा कोचले आफ्नो प्रभाव देखाउने रु कोचले एउटा खेलाडीमा नभइ समग्र टिममा गर्व गर्ने हुनुपर्छ, लोकप्रिय हुनको लागि अनावश्यक तरिकाले दैडिन आवश्यक हुदैँन । ’
समाजलाई योगदान दिनुपर्ने मानिसहरु भीडमा लागिपर्नु आवश्यक नभएको भन्दै उहाँले मेरो फलोअर्स नै भएनन् भन्ने कुराको पछाडि लाग्न आवश्यक नभएको बताउनुभयो । आफु एउटा प्रस्तोता भएको कुरा उल्लेख गर्दै उहाँले कुनै पनि विषय प्रस्तुत गर्ने मानिस प्रस्तुतिका कारण लोकप्रिय हुन सक्ने बताउदै सम्पादकको जिम्मेवारी धेरै रहने र त्यस्तो अहोदामा रहेका व्यक्तिहरुले लोकप्रियताको पछागि लाग्नुपर्छ भन्ने नरहेको पनि प्रष्ट पार्नुभयो । साथै उहाँले लोकप्रियता भन्ने कुरा कहिले को हुने, कहिले को हुने यो एउटा सामान्य प्रक्रिया रहेको बताउनुभयो ।
कुराकानीका क्रममा उहाँले अगाडि भन्नुभयो ‘६०, ७० लाख मानिसहरु श्रमका लागि विदेश गएका छन्, तिनीहरु लगायतका सबैका प्रतिनिधित्व मेनस्ट्रिमको मिडियाले गर्नु पथ्र्यो तर त्यो भएन । उनीहरुको समस्यामा नदरअन्दाज भयो त्यसैले यो विषयका लागि स्थान खोज्यो र सामाजिक सञ्जालमा त्यो विषयले महत्व पाएको बताउनुभयो ।