धोनीकाे सन्यास लगत्तै रैनाले पनि लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

  • प्रकाशित मिति : २०७७ श्रावण ३१, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । भारतीय पूर्वकप्तान महेन्द्र सिंह धोनीले सन्यास लिएपछि सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । महेन्द्र सिंह धोनीको सन्यास घोषणापछि रैनाले आफू पनि यो यात्रामा सामेल भएको इन्स्टग्राममा लेखेका छन् ।