इन्टर मिलान युरोपा लिगको फाइनलमा प्रवेश

  • प्रकाशित मिति : २०७७ भाद्र २, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । इन्टर मिलान युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । गए राति भएको खेलमा सख्तर डोनेस्कलाई ५ शून्य गोल अन्तरले हराउँदै इन्टर मिलान फाइनलमा प्रवेश गरेको हो ।

जर्मनीमा भएको खेलमा इन्टर मिलानको जितमा मार्टिनेज र रोमेलु लुकाकुले दुई–दुई गोल गरे । एक गोल डानिलोले गरे । खेलको १९ औं मिनेटमा निकोलो बारेलाको पासमा मार्टिनेज प्रहार गरेको पहिलो प्रहारलाई साख्तरका गोलकिपरले बचाएका थिए ।



तर त्यसपछि पनि मार्टिनेजले दोस्रो प्रयासमा गोल गरे । इन्टर मिलान नौ वर्षपछि युरोपा लिगको उपाधि उचाल्ने योजनामा रहेको छ । अब उसले उपाधिका लागि स्पेनिस क्लब सेभिल्लासँग शुक्रबार खेल्नेछ ।