काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
पीएसजी इतिहासमा नै यो लिगको फाइनलमा पुगेको हो । मंगलबार रातिभएको खेलमा पीएसजीले आरबी लाइप्जिगलाई ३–० गोलले हरायो । पीएसजीलाई फाइनलमा पुर्याउनकाे लागि माकुनियोस, इन्जल डि मारिया र जुवान ब्रेन्ट भेलास्कोले एक/एक गोल गरे ।
अब पीएसजीले उपाधिका लागि जर्मन क्लब बार्यन म्युनिख र फ्रान्सको लियोनबीचको विजेतासँग खेल्नेछ ।