राष्ट्रिय सम्मानसाथ राष्ट्रकवि घिमिरेको अन्त्येष्टि गरिदैं

  • प्रकाशित मिति : २०७७ भाद्र ३, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। कविवर माधवप्रसाद घिमिरेको पार्थिक शरिरलाई राष्ट्रिय सम्मानसाथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ।

उनको शवमा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झन्डा पहिराउने कार्यक्रम छ। सेनाका अनुसार रक्षामन्त्री पोखरेल साढे ९ बजे घिमिरे निवास जाँदैछन्।



त्यसपछि घिमिरेको शवलाई स्कर्टिङ गरेर नेपाली सेनाले पशुपति आर्यघाट पुर्‍याउने छ।

सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलका अनुसार घिमिरेको अन्तिम श्रद्धाञ्जलीमा नेपाली सेना र सशस्त्र प्रहरीको एक-एक टुकुडीले सलामी अर्पण गर्ने छ।

सेनाले कविवर घिमिरेलाई मानार्थ सहायक रथीको उपाधि दिएको थियो। कविवर घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ निधन भएको थियो।