आन्तरिक हवाइ उडान र सार्वजनिक यातायात सुचारु गर्ने सरकारको निर्णय

  • प्रकाशित मिति : २०७७ भाद्र २९, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। सरकारले आन्तरिक हवाइ उडान र सार्वजनिक यातायात सुचारु गर्ने निर्णय गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले असोज ५ गतेदेखि आन्तरिक हवाइ उडान तथा छोटो, मध्यम र लामो दूरीको यातायात सुचारु गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्रालयले तय गरेको स्वास्थ्य मापदण्डको पालना गर्दै ती सेवा सुचारु गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो।



त्यस्तै बैठकले बामदेव वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको नियुक्ति बारे भने कुनै निर्णय गरेको छैन ।