काठमाडाैं । च्याम्पियन पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानको नयाँ सिजनमा तेस्रो खेलमा पहिलो जित दर्ता गरेको छ ।
सुरुका दुई खेलमा पराजित भएको पिएसजीले बुधबार राति भएको खेलमा मेट्जमाथि १–० को जित दर्ता गरेको हो।
घरेलु मैदानमा भएको खेलमा इन्जुरी समयको तेस्रो अर्थात ९३ औँ मिनेटमा जुलियन ड्रेक्सलरले गरेको गोल नै पिएसजीको जितमा निर्णायक बन्यो ।