चीनलाई पनि उछिन्यो नेपालले, आज कहाँ कति थपिए? (विवरणसहित)

  • प्रकाशित मिति : २०७७ आश्विन १८, आईतवार
  • nepaltale.com

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा आइतबार मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन्।

लगतार तेस्रो दिन पनि २ हजार भन्दा धेरै संक्रमित थपिँदा नेपालमा संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ।

चीनमा भने हालसम्म ८५ हजार ४ सय ५० जना संक्रमित भएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा संक्रिय संक्रमितको संख्या २२ हजार २१९ रहेको छ। त्यस्तै देशभरमा संस्थागत आइसोलेसनमा रहनेको संख्या १० हजार ५२६ रहेको छ।

नेपाल विश्वमा कोरोना संक्रमित हुने मुलुकहरुको सूचीको ४४ औं स्थानमा पुगेको छ।

आज कहाँ कति थपिए संक्रमित? तलको तथ्यांक हेर्नुहोस्