आयो वर्षको सबैभन्दा ठूलो अनलाइन दशैं सेल ‘दराज दशैं धमाका’

  • प्रकाशित मिति : २०७७ आश्विन १८, आईतवार
  • nepaltale.com

काठमाडौं । नेपालको अग्रणी अनलाइन शपिङ्ग साइट दराजले वर्षकै सबैभन्दा ठूलो दशैं सेल ‘दराज दशैं धमाका’ लिएर आएको छ। यो धमाकेदार अभियान यहि असोज १९ (अक्टोबर ५) देखि शुरु हुने भएको छ। दिनहुँ कोरोना भाइरस संक्रमितको संख्या बढ्दै जाँदा यस अभियानमार्फत उपभोक्ताहरुले आफ्नो घरमै सुरक्षित भई दशैँको किनमेल गर्न सक्नेछन्।

यस अभियानअन्तर्गत उपभोक्तहरुले राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्राण्डहरुमा मेगा डिल्स्, दराज मलमा पाहिने ब्राण्डेड उत्पादनहरूमा भारि छूट, आकर्षक भउचरहरु, बम्पर उपहारमा टिभीएस अपाचे आरटीआर १६० ४भीएसडी, कार्ड प्री–पेमेन्टमा छुट, फ्ल्यास सेल्स, निःशुल्क वितरण, हट पिकहरू, रोमाञ्चक मोबाइल  गेमहरू, दराज वन रुपी गेम, वील अफ फोर्च्युन र अन्य धेरै आकर्षणहरुको लाभ उठाउन सक्नेछन् ।

यस सेल अभियानको विशेष पार्टनरहरुको रूपमा टिभीएस, र कोकाकोला  रहेका छन् । त्यसैले उपभोक्ताहरुले यी अग्रणी ब्राण्डका उत्पादनहरूमा आकर्षक अफरहरुको पनि लाभ उठाउन सक्दछन्।

कार्डमार्फत भुक्तानीमा अतिरिक्त छुट

दराजले अग्रणी बैंकहरूसँग साझेदारी गरी डेबिट र क्रेडिट कार्डमार्फत पूर्व भुक्तानीमा २०% (अधिकतम २५०० रुपैयाँ) सम्मको छुटको पनि व्यवस्था गरेको छ । नबिल बैंक, एनआईसी एशिया, स्टयाण्डर्ड चार्टर्ड, सानिमा बैंक, ग्लोबल आईएमई, मेगा बैंक, एनएमबी बैंक, नेपाल बंगलादेश बैंक, र कुमारी बैंकका ग्राहकहरूले यसमा छुट पाउन सक्नेछन् । यदी उपभोक्ताहरुसँग उक्त बैंकहरुको कार्ड छ तर अन्लाइन पेमेन्ट सुचारु छैन भने आफ्नो बैंकसँग सम्पर्क गरी सुचारु गर्न सकिन्छ ।

दराज अनलाइन लूडो प्रतियोगिता

दराजले उपभोक्ताहरुको शपिङ अनुभवलाई अझै रमाइलो बनाउन अनलाइन लूडो प्रतियोगिताको पनि घोषणा गरेको छ। यस प्रतियोगिता दराज एपमार्फत श्रीलंका र नेपालका प्रतिद्वन्द्वीहरु बीच हुनेछ।

पहिलो स्थान प्राप्त गर्ने खेलाडीले १०० अमेरिकी डलरको दराज भउचर जित्ने छन् । दोस्रो स्थानले ७५ अमेरिकी डलरको दराज भउचर जित्ने छन् र तेस्रो देखि १५औं स्थानमा पर्ने प्रत्येक खेलाडीहरुले अमेरिकी २५ डलर जित्नेछन्।

यसबाहेक, नेपालबाट सर्वश्रेष्ठ प्रदर्शन गर्ने खेलाडीले नयाँ सोनी एक्सपेरिया एक्स ए वन डबल जीते छन् भने दोस्रो र तेस्रो उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले क्रमशः नयाँ टाइटन घडी र मनास्लु गिटार जित्नेछन्। प्रतियोगिता २१ देखि २२ असोज ९७(अक्टोबर८) देखि हरेक दिन दिउँसो १ देखि साँझ ७ बजे सम्म दराज एण्ड्रोइड एपमा आयोजित हुनेछ। प्रतियोगितामा भाग लिनको लागि ५ देखि २१ असोज भित्र दराज एपमार्फत अनिवार्य दर्ता गर्नुपर्नेछ।

दशैं धमाका अभियानको बारेमा टिप्पणी गर्दै दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंगले भने, “दशैं मनोरन्जन र किनमेलको समय हो। हरेक पसल, बजार, र अनलाइन प्लेटफर्मले दशैंको लागि भनि उत्साहजनक प्रस्तावहरु लिएर आउँछन् । तर दराजमा तपाईले केवल शपिङ्ग मात्र गर्नुहुन्न तर रमाईलो खेलहरु, रोमान्चक क्विजहरु, र अन्य प्रतियोगिताहरुमा पनि संलग्न भई पुरष्कारहरु जित्न हुनसक्नुहुन्छ । वर्तमान स्थितिलाई ध्यान राख्दै, र दशैंको किनमेलको लागि दशैं धमाका पक्कै पनि ग्राहकहरुको शपिंग आवश्यकताहरू पूरा गर्ने उत्तम र सुरक्षित तरिका हो। ”

पार्टनर ब्राण्डहरुमा दामी डिल्स्
अभियानका लागि पार्टनर ब्राण्डहरूमा टाइटन, आमारया, म्यकेन्रो, सामसँग, इन्फिनिक्स, रंगोली, कोलगेट, लोट्टो, अर्क, भान्स, एमआई, होम ग्लोरी, सीजी, मेडिया, एलजी, जुआस, मामाअर्थ, फ्यानटेक, वर्ल्पुल,यासुडा, पाल्सनिक, न्यू ब्यालेन्स, एक्स(एज, गिटार शप, पियाजाइतालिया, कन्भर्स, र सोनी रहेका छन्। उपभोक्ताहरुले यी ब्राण्डका खास उत्पादनहरुमा ६०%सम्मको छुट पाउनेछन् ।