स्पेनिस ला लिगा फुटबल: बार्सिलोना सेभियासँग बराबारीमा रोकियो

  • प्रकाशित मिति : २०७७ आश्विन १९, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडाैं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना सेभियासँग बराबरी रोकिएको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभियासँग १-१ गोलको बराबरी खेलेको हो ।



खेलमा दुवै टोलीले पहिलो हाफको सुरुवाती १० मिनेटमा दुई गोल गरेका थिए ।

खेलको आठौं मिनेटमा लुका डी योङले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए ।

त्यसको दुई मिनेटपछि बार्सिलोनाका लागि फिलिपे कौटिन्होले बराबरी गोल फर्काए । बराबरीसँगै बार्सिलोनाले तीन खेलबाट ७ अंक जोडेको छ ।

समान खेल खेलेको सेभियाको पनि ७ अंक छ ।