आज बढ्याे सुनको मूल्य, हेर्नुहाेस कतिमा हुँदैछ काराेबार ?

  • प्रकाशित मिति : २०७७ आश्विन २०, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । सुनचाँदीको भाउ आज भाउ बढेको छ । हिंजो सुनको भाउ तोलामा ९४ हजार १ सयमा कारोबार भएकोमा आज तोलामा ८ सयले बढेर आज छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ९ सय कायम गरिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार तेजावी सुनको मूल्य ९४ हजार ४ निर्धारण गरिएको छ ।



त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । मंगलबार सोमबारको तुलनामा २० रुपैयाँले बढेर प्रतितोला १२० रहेको महासंघले जनाएको छ ।

मंगलबार चाँदीको भाउ प्रतितोला ११८० रहेको थियो ।