२५ लाख भारुको चिठ्ठा परेको भन्दै नेपाली ७७ हजार रुपैयाँ ठगी गर्ने युवक पक्राउ

  • प्रकाशित मिति : २०७७ आश्विन २७, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । सामाजिक सञ्जाल ईमोमार्फत २५ लाख भारतीय रुपैयाँ चिठ्ठा परेका भन्दै ठगी गर्ने सिरहा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहा नगरपालिका–१२ बस्ने २४ वर्षीय अरबिन्द्र कुमार कामती छन् ।



प्रहरीका अनुसार कामतीले सुनसरीको इटहरी उपमहानगरपालिका–२ बस्ने २५ वर्षीय युवकलाई ईमोबाट फोन गरी २५ लाख भारुको चिठ्ठा परेको बताएका थिए ।

चिठ्ठा परेको रकम प्राप्त गर्न नेपाल सरकारलाई तिर्नुपर्ने ट्याक्स बापत भन्दै उनले शुरुमा २२ हजार ५ सय नेपाली रुपैयाँ पठाउन भनेका थिए ।

त्यसपछि पुनः सरकारी कर्मचारीलाई पनि रकम दिनुपर्ने भन्दै ५५ हजार आईएमई गरेर पठाउन लगाएका थिए ।

कामतीलाई रकम पठाएका युवकले आफू ठगिएको महसूस गरेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले कामतीको खोजी गरेको थियो ।

कामतीको खोजी गर्ने क्रममा आइतबार आईएमईबाट पैसा निकालेर लैजाने क्रममा नै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका कामतीविरुद्ध जिल्ला अदालत सुनसरीबाट ठगी मुद्दामा म्यादथप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी का