च्याम्पियन्स लिग फुटबलमा लिभरपुलको लगातार जित

  • प्रकाशित मिति : २०७७ कार्तिक १२, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले लगातार जितको यात्रा कायम राखेको छ ।

समूह डी अन्तर्गत मंगलबार राति भएको खेलमा लिभरपुलले एफी मिड्टजील्याण्डलाई २-० ले पराजित गरेको हो ।



घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितमा डिओगो जोटा र मोहम्मद सालहले गोल गरेका हुन् ।

५५ औँ मिनेटमा जोटा र इन्जुरी समयको तेस्रो अर्थात ९३ औँ मिनेटमा पाएको पेनाल्टीमा सालहले गोल गरी टिमलाई जित दिलाएका हुन् ।