काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा भ्रमण टोली चेल्सीले बर्नलीमाथि ३–० को जित दर्ता गरेको छ ।
ट्यामी अब्राहमको सहयोगमा २६ औँ मिनेटमा हकिम जियचले गोल गरी टिमलाई सुरुवाति अग्रता दिलाए ।
म्यासन माउन्टको सहयोगमा कुर्त जोउमाले ६३ औँ मिनेटमा अग्रता दोब्बर पारे ।
यस्तै हकिमको सहयोगमा ७० औँ मिनेटमा टिमो वेर्नरले गोल गरेपछि चेल्सी विजयी भयो ।