काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्तावको जवाफ नदिने स्पष्ट पारेका छन्।
आइतबार बालुवाटारमा वरिष्ठ नेपाल माधव कुमार नेपाल र वामदेव गौतमसँगको छलफलमा प्रधानमन्त्री ओलीले उक्त राजनीतिक प्रतिवेदनमाथि छलफल गर्नै नसकिने बताएका हुन।
भेटवार्तामा प्रधानमन्त्री ओलीले नेता नेपाल र गौतमसमक्ष आफूलाई साथ दिन आग्रह गरेका छन्।
प्रधानमन्त्री ओलीले प्रचण्डको प्रस्तावलाई ‘वाहियात एवं झूठा आरोपहरु’को संज्ञा दिए।
छलफलमा महासचिव तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलको पनि सहभागिता थियो ।
वरिष्ठ नेता नेपाल र महासचिव पौडेलसँग प्रधानमन्त्री ओलीले करिब दुईघण्टा लामो कुराकानी गरेका हुन।
प्रधानमन्त्री ओलीले यस्तै रहे अब प्रचण्डसँग सँगै हिँड्न नसकिने समेत बताएका छन्।
यस्तै उनले आफूलाई चिड्याउने काम जारी रहेमा आफू चुप लागेर नबस्ने चेतावनी दिएका छन्।
नचाहिनने आरोप लगाएर आफूलाई हटाउन खोज्ने दुस्प्रयास भएको प्रधानमन्त्री ओलीको आरोप छ।
नेता नेपालले प्रधानमन्त्री ओलीलाई संयमित हुन र बैठकबाटै ती आरोहरुको खण्डन गर्न आग्रह गरेका छन्।
शुक्रबारको सचिवालय बैठकमा नेकपा अध्यक्ष दाहालले एकतर्फी रुपमा प्रस्ताव पेश गर्दै प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप लगाएका छन्।
उक्त प्रस्तावपछि नेकपामा विवाद झनै बढेको छ। सोही बिषयलाई लिएर पार्टीभित्र विवाद बढेपछि पछिल्लो समय ओलीले छलफल र भेटवार्तालाई निरन्तरता दिईरहेका छन्।
यसअघि प्रधानमन्त्री ओेलीले शनिवार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरेका थिए।