विदेश घुम्न अँग्रेजी अनिवार्य राखिन् लागेपछि गगनको प्रश्न : अंग्रेजी नजान्ने नागरिक हैन?

  • प्रकाशित मिति : २०७७ मंसिर २७, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । गृह मन्त्रालयले भिजिट भिसामा कडाइ गर्नका लागि अध्यागमन कार्यविधि–२०६५ मा संशोधन गर्न लागेपछि गृहको आलोचना भइरहेको छ।

सरकारले भिजिट भिसाका नाममा मानव तस्करी बढेको र विदेशमा नेपाली अलपत्र परेको भन्दै अध्यागमन कार्यविधि-२०६५ संशोधन गर्ने तयारी गरेको हो।



भिजिट भिसा लिन चाहने व्यक्तिले कम्तीमा एसएलसी उत्तीर्ण गरेको र अंग्रेजी बोल्न जान्नुपर्ने बुँदा कार्यविधिमा थप गर्न लागेको लागिएको हो।

विदेश घुम्न जानेका लागि अँग्रेजी अनिवार्य हुनुपर्ने लगायतका प्रावधान राख्दै संसोधन गर्न खोजिएको प्रति प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले आपत्ति जनाएका छन्।

यसले नागरिकबीच भेदभाव र अपमान सिर्जना गर्ने भन्दै सांसद थापाले विरोध गरेका हुन्।

सामाजिक सञ्जाल ट्विटरमा नेता थापाले यस्तो लेखेका छन्।
https://twitter.com/thapagk/status/1337373416542842881?s=19
‘भिजिट भिसाको नाममा हुने अनुचित काममा संलग्नलाई कारबाही नगर्ने अनि भ्रमणका लागि शैक्षिक प्रमाणपत्र र अंग्रेजी जान्नुपर्ने बनाएर नागरिकको खिसी गर्न खोजेको? अंग्रेजी नजान्ने नागरिक नै हैन? नेपाल सरकारको अक्षमताको भारी नागरिकमाथि? गृहमन्त्रीज्यू, यो कसको र कस्तो उटपट्याङ हो,’