कांग्रेस संसदीय दलको बैठक आज

  • प्रकाशित मिति : २०७७ पुष ३, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ।

बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक बस्न लागेको हो।



शीर्ष नेताहरूको बैठकले संसद बैठक बोलाउन सरकारसँग माग गर्ने निर्णय गरेको थियो। संसद बैठक बोलाउन कांग्रेसले लिखित निवेदन भने नदिने भएको छ।

बैठक केहीबेरमा बस्ने कांग्रेस संसदीय दलले जनाएको छ। बिहान साढे १० बजेका लागि बैठक बोलाइएको थियो।