संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक : कांग्रेस

  • प्रकाशित मिति : २०७७ पुष ५, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको प्रतिक्रिया दिएको छ ।

सरकारले संसद बिघटनको सिफारिस गरे लगत्तै प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको बताए ।



प्रधानमन्त्री ओलीले यसको मूल्य चुकाउनु पर्ने प्रवक्ता शर्माले बताए ।

‘संसद विघटन असंवैधानिक , अलोकतान्त्रिक र अराजनीतिक कदम हो । यसबाट प्रधानमन्त्री ओली र नेकपाले ठूलो राजनीतिक मूल्य चुकाउनुपर्छ । थप धारणा बनाउन पार्टीको बैठक बस्छ,’ प्रवक्ता शर्माले भने ।