सांसद विघटन असंबैधानिक , रास्ट्रपतिले हतार नगरुन – नयाँ शक्ति

  • प्रकाशित मिति : २०७७ पुष ५, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं। नयाँ शक्ति पार्टी नेपालले प्रधानमन्त्रीले सांसद विघटन गर्ने निर्णय असंबैधानिक रहेको बताएको छ ।

विशेष वक्तव्य जारी गर्दै पार्टीका संयोजक रवि किरण हमालले प्रधानमन्त्रीले संविधान र जनभावना माथि गम्भीर प्रहार गरेको आरोप लगाएका छन् ।



प्रधानमन्त्री केपी शर्माको “कु” का विरुद्ध एकताबद्ध भएर लड्न समेत नयाँ शक्तिले अपिल गरेको छ ।


नयाँ शक्तिले रास्ट्रपतिलाई समेत सबै राजनैतिक दलहरूसङ छलफल गरेर मात्र अगाडि बढ्न आग्रह गरेको छ ।

आज प्रधानमन्त्रीले आकस्मिक मन्त्रीपरिषद बैठक बोलाएर सांसद विघटन गर्ने निर्णय गरेका थिए ।