मतदाता नामावली संकलन कार्य रोक्न निर्वाचन आयोगको निर्देशन

  • प्रकाशित मिति : २०७७ पुष ७, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयहरुबाट भइरहेको मतदाता नामावली संकलन कार्य रोक्न निर्देशन दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर निर्वाचनको मिति तय गरेसँगै आयोगले मतदाता नामावली संकलन कार्य रोक्न निर्देशन दिएको हो ।



आयोगले सोमबार ७७ वटै जिल्लाका निर्वाचन कार्यालयहरुलाई परिपत्र गर्दै यस्तो निर्देशन जारी गरेको हो।