फुट नजिक नेकपा: केन्द्रीय समितिमा को कता ? (सूचीसहित)

  • प्रकाशित मिति : २०७७ पुष ७, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । एकताको साढे दुई वर्ष नबित्दै नेपाल कम्युनिस्ट पार्टी फुटको मुखमा पुगेको छ ।

प्रधानमन्त्री बनेका केपी शर्मा ओली र कार्यकारी अध्यक्ष रहेका पुष्पकमल दाहाल समूहले आफू निकटका केन्द्रीय सदस्यको बैठकबाट एकले अर्कालाई कारवाही गर्दै अनौपचारिक विभाजनको सुरुवात गदैछन् ।



ओलीले मंगलबार बिहान नौ बजे सरकारी निवास बालुवाटारमा केन्द्रीय सदस्यको बैठक बोलाएका छन् ।

दाहाल–नेपाल समूहले पनि मंगलबार नै ओलीलाई संसदीय दलको नेताबाट हटाएर दाहाललाई संसदीय दलको नेता बनाउने जनाएको नागरिक दैनिकले समाचार छापेको छ ।