प्रचण्ड माधव समूहको बैठकका यस्ता छन् कार्यसूची

  • प्रकाशित मिति : २०७७ पुष ७, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको पुष्पकमल दाहाल प्रच्ण्ड माधवकुमार नेपाल पक्षधरको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अनुशासनको कारबाही गर्ने विषय पनि कार्यसूचीमा पारेको छ।

बैठकले स्थायी समितिको पुस ५ गतेको निर्णयलाई अनुमोदन गर्ने र रिक्त रहेको अध्यक्ष पदमा पदपूर्ति गर्ने पनि कार्यसूचीमा उल्लेख छ।



स्थायी समिति सदस्यमा कृष्णबहादुर महरालाई अनुमोदन गर्ने र संसद विघटनको विरोधका कार्यक्रमहरु तय गर्ने पनि केन्द्रीय कमिटीको कार्यसूचीमा उल्लेख छ।

बैठकमा बोल्दै नेकपा नेता माधवकुमार नेपालले अब एमाले ब्युँतिन नसक्ने र चुनाव चिह्नमा आफ्नो पनि हक रहने बताएका थिए।