बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा

  • प्रकाशित मिति : २०७७ माघ १, बिहीबार
  • nepaltale.com

एजेन्सी। बार्सिलोना स्पेनिस सुपर कप फुटबलको फाइनलमा पुगेको छ ।

बुधबार राति रियल सोसिडाडलाई टाइब्रेकरमा ३-२ ले हराउँदै बार्सिलोना फाइनलमा पुगेको हो ।

निर्धारित समयको खेल र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा बार्सिलोनाका ओस्मान डेम्बेले, मिरालिम पाजनिक र रिकी पुजले गोल गरे । तर, फ्रान्क डी जोङ र एन्टोनियो ग्रिजम्यानले गोल गर्न सकेनन् ।

सोसिडाडका अदनान जानुजाज र मिकेल मेरिनोले गोल गरे । उसका मिकेल ओयाराज्बाल, जोन बाउटिस्टा र विलियन जोसेले गोल गर्न सकेनन् ।

टाइब्रेकरअघि २९औँ मिनेटमा जोङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ५१औँ मिनेटमा मिकेलले गोल गर्दै सोसिडाडलाई १-१ गोलको बराबरीमा फर्काएका थिए ।