काठमाडौँ । लेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ ।
लिग अन्तर्गत मंगलबार राति भएको खेलमा लेस्टर सिटीले चेल्सीमाथि २–० को जित दर्ता गरेको हो ।
लेस्टरले दुवै गोल पहिलो हाफमा नै गरेको हो । उसका लागि छैटौँ मिनेटमा विल्फ्रेड एनडिडीले गोल गरे ।
४१ औँ मिनेटमा जेम्स म्याडिसनले गोल गरेर टिमको अग्रता दोब्बर पारे ।