लिभरपुललाई हराउँदै युनाईटेड पाँचौं चरणमा

  • प्रकाशित मिति : २०७७ माघ १२, सोमबार
  • नेपाल टेल संवाददाता

एजेन्सी । म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ ।

आइतबार राति भएको चौंथो चरणमा लिभरपुललाई ३-२ गोल अन्तरले पराजित गर्दै युनाईटेड पाँचौं चरणमा पुगेको हो ।



ओल्ड ट्राफोर्डमा भएको रोमान्चक खेलमा सुरुवाती अग्रता भने लिभरपुलले बनाएको थियो ।

मोहमद सलाहले १८ औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

तर, खेलको २६ औं मिनेटमा मासन ग्रीनउडले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको ४८ औं मिनेटमा मार्कुस राषफोर्डले गोल गर्दै युनाईटेडलाई २-१ को अग्रता दिलाए ।

तर, सलाहले खेलको ५८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा खेल २-२ को बराबरीमा पुग्यो।

त्यसपछि युनाईटेडका लागि ब्रुनो फर्नान्डेस नायक बने ।
खेलको ७८ औं मिनेटमा फर्नान्डेसले फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै युनाईटेडलाई ३-२ को जित दिलाए ।

अब युनाईटेडले पाँचौं चरणमा वेस्ट ह्यामको सामना गर्नेछ ।
यस्तै सेफिल्ड वेनस्डेलाई ३-० ले हराएर एभर्टन पनि पाँचौं चरणमा पुगेको छ ।