मार्सेइलीसँगको खेलमा पिएसजीको जित

  • प्रकाशित मिति : २०७७ माघ २६, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । फेन्च लिग फुटबल अन्तर्गत खेलमा पेरिस सेन्ट–जर्मेन (पिएसजी)को शानदार जित भएको छ ।

गए राति अबे मैदानमा भएको खेलमा पिएसजीले मार्सेइलीलाई २–० ले पराजित गरेको छ ।



पिएसजीका लागि नवौँ मिनेटमा केलियन एमबाप्पे र २४ औँ मिनेटमा आइकार्डीले गोल गरेका हुन् ।

जितपछि २४ खेलबाट ५१ अंकसहित पिएसजी तेस्रो स्थानमा छ ।