काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लीड्स युनाइटेड विजयी भएको छ । गएराति भएको खेलमा लीड्सले क्रिष्टल प्यालेसलाई २–० ले पराजित गरेको हो ।
घरेलु मैदानमा लीड्सको जितमा ज्याक ह्यारिसन र प्याट्रिक बामफोर्डले एक एक गोल गरेका थिए । खेलको तेस्रो मिनेटमा नै ह्यारिसनले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।