इन्टर मिलान विजयी

  • प्रकाशित मिति : २०७७ फाल्गुन २५, मंगलवार
  • नेपाल टेल संवाददाता

एजेन्सी। इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलान विजयी भएको छ ।

सोमबार राति भएको खेलमा इन्टरले एट्लान्टालाई १-० गोल अन्तरले हराएको हो ।



घरेलु मैदानमा इन्टरलाई जित दिलाउन मिलान स्क्रीनियरले ५४औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

जितसँगै इन्टरले उपाधि होड बलियो बनाएको छ । इन्टरले दोस्रो स्थानको एसी मिलानमाथि ६ अंकको अग्रता बनाएको छ ।