पहिलो हाफमा नेपाल बंगलादेशविरूद्ध २-० ले अगाडि, सन्जोक र बिशालको गोल

तोडियो १८ महिना लामो गोलको खडेरी

  • प्रकाशित मिति : २०७७ चैत्र १६, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। राजधानीमा जारी थ्री नेसन्स कपअन्तर्गत बंगलादेशविरुद्धको फाइनल खेलको पहिलो हाफमा नेपालले २-० गोलको अग्रता लिएको छ।
दशरथ रंगशालामा जारी खेलमा नेपालका लागि सन्जोग राई र विशाल राईले एक-एक गोल गरेका छन्।

सन्जोगले १८ मिनेटमा नेपालका लागि पहिलो गोल गरे। सुनील बलको कर्नर प्रहारलाई बंगलादेशका डिफेन्डर राम्रोसँग क्लियर गर्न नसकेको बलमा सन्जोगले डिबक्स भित्रबाट गोल गरे। यो उनको पहिलो अन्तर्राष्ट्रिय गोल हो। उनले शनिबार बंगलादेशविरुद्ध नै डेब्यू गरेका थिए।



यो नेपालले १८ महिनापछि गरेको पहिलो गोल हो। सन् २०१९ को सेप्टेम्बरमा चाइनिज ताइपेईविरुद्ध गोल गरेपछि नेपाल लगातार ७ खेलसम्म गोल गर्न चुकेको थियो।

त्यसअघि खेलको १३ औं मिनेटमा नेपालले अग्रता लिने अवसर गुमायो। सुनील बलको क्रसमा त्रिदेव गुरुङले राम्रोसँग बल नियन्त्रणमा लिन सकेनन्। जसका कारण बंगलादेशका डिफेन्डर बल क्लियर गरिदिए।

१७ मिनेटमा सुनीलकै क्रसमा अनन्त तामाङले डिबक्सबाट गरेको हेड आउट भयो।

नेपालले ३० मिनेटमा अग्रता दोब्बर पार्ने अवसर खेर फाल्यो। उनले पेनाल्टी एरियाबाट हानेको प्रहार आकासियो।

४१ मिनेटमा नेपालले अग्रता दोब्बर पार्‍यो। सन्जोग राईले नै निकालेको सुन्दर पासमा विशाल राईले अग्रता दोब्बर पारेका हुन्।

राईले यो प्रतियोगितामा पहिलो गोल गर्दै १८ महिना लामो अन्तर्राष्ट्रिय गोलको खडेरी टारेका हुन्।

प्रतियोगितामामै पहिलो गोल गरेको नेपालले १८ महिनापछिकै पहिलो अन्तर्राष्ट्रिय गोल हो। राईले सुनिल वलको कर्नरमा गोल गरेका हुन्।

नेपालले यसअघि विश्वकप छनोटमा चाइनिज ताइपेविरुद्ध गोल गरेको थियो। २-० गोल अन्तरमा जितेको खेलमा नेपालले यसअघिको पछिल्लो अन्तर्राष्ट्रिय गोल थियो।‍ ताइपेविरुद्धको खेलमा अन्जन विष्टले दुई गोल गरेका थिए।

ताइपेपछि नेपालले विश्वकप छनोटमा अष्ट्रेलिया, जोर्डन र कुवेतसँग खेलेको थियो। अष्ट्रेलियासँग ५-० ले पराजित नेपाल जोर्डनसँग ३-० र कुवेतसँग १-० ले पराजित भएको थियो । त्यस्तै म्यानमारसँगको मैत्रीपूर्णमा नेपाल ३-० ले पराजित भएको थियो।

नेपालले पछिल्लो पटक बंगलादेशसँग उसैको मैदानमा २ मैत्रीपूर्ण खेल खेल्यो। तर त्यहाँ पनि नेपालले गोल गर्न सकेन। ढाकामा भएको पहिलो मैत्रीपूर्णमा २-० ले पराजित नेपाल दोस्रो खेलमा गोलरहित बराबरीमा रोकिएको थियो। तस्बिर- निशा भण्डारी/सेतोपाटी