१९औं आहा रारा गोल्डकपको फाइनलमा अफ्रिकन रुटस एसोसिएशन, क्यामरुन

  • प्रकाशित मिति : २०७७ चैत्र २६, बिहीबार
  • नेपाल टेल संवाददाता

पोखरा। १९औं आहा रारा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा अफ्रिकन रुटस एसोसिएसन प्रवेश गरेको छ ।

विभागीय टोली नेपाल प्रहरीको नेपाल पुलिस क्लबलाई शुन्यका विरुद्ध २ गोलले हराउँदै अफ्रिकन रुटस फाइनलमा पुगेको हो ।अफ्रिकन रुटसको जितमा पहिलो हाफको ३ मिनटमा बासेकले पहिलो गोल गरेका थिए । त्यस्तै दोस्रो गोल खेलको ९३औं मिनेटमा मौउसाले गोल गरे । खेलको म्यान अफ द म्याच अफ्रिकन रुटसका मौउसा घोषित भए ।



प्रतियोगिता अन्तरगत चैत्र २८ गते शनिबार फाइनल खेल अफ्रिकन रुटस एसोसिएशन, क्यामरुन र संकटा क्लबबीच हुने आयोजकले जनाएको छ ।

सहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५ लाख १ हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि चैत्र २८ गतेका दिन हुनेछ ।