काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले एल क्लासिकोमा महत्वपूर्ण जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ ।
घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले बार्सिलोनालाई २–१ ले पराजित गरेको हो ।
जितपछि शीर्ष स्थानमा पुगेको रियल मड्रिडको ३० खेलबाट ६६ अंक भएको छ । एक खेल कम खेलेको दोस्रो स्थानमा झरेको एथ्लेटिको मड्रिडको पनि ६६ अंक नै छ ।