नेपाल र मलेसिया बीच खेल हुदै, कसले मार्ला बाजी ? ( लाइभ हेर्नुहोस् )

  • प्रकाशित मिति : २०७८ बैशाख ९, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौ । त्रिकोणात्मक टी-२० सिरिज क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज घरेलु टोली नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

यसअघि पहिलो खेलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेको थियो । अन्तिम खेलअघि नै नेपाल र नेदरल्याण्ड्स शीर्ष दुईमा रहँदा फाइनल पुगिसकेका छन् ।



त्यसैले आजको खेलको नतिजाले खासै फरक पार्ने छैन । तर फाइनल अघि नेपाल मलेसियालाई हराउँदै दाबेदारी पेश गर्न चाहन्छ । ३ खेलबाट नेपालको ४ अंक छ । उता ४ वटै खेल खेलिसकेको नेदरल्याण्ड्स ५ अंकसहित शीर्ष स्थानमा छ ।

बुधबार भएको खेल टाई भएपछि नेदरल्याण्ड्स र मलेसियाले अंक बाँडेका थिए । मलेसियाको ३ खेलबाट १ अंक मात्र छ ।

नेपालले मलेसियालाई पराजित गरेमा शीर्ष स्थानमा पुग्ने छ ।

नेपाल भर्सेस मलेसिया हेड टु हेड

कुल खेल : ९

नेपाल विजयी : ७

मलेसिया विजयी : २

टी-२०आई खेल : ५

नेपाल विजयी : ४

मलेसिया विजयी : १

२००७ एसीसी टी-२० कप

नेपाल २१ रनले विजयी

२००९ एसीसी टी-२० कप

मलेसिया ६ विकेटले विजयी

२०१३ एसीसी टी-२० कप

नेपाल १९ रनले विजयी

२०१८ आईसीसी विश्वकप टी-२० एसिया रिजन क्वालिफायर बी

नेपाल ८ विकेटले विजयी

२०१९ नेपाल इन मलेसिया टी-२० आई सिरिज

पहिलो खेलमा नेपाल ७ विकेटले विजयी

दोस्रो खेलमा नेपाल ६ रनले विजयी

२०१९ आईसीसी विश्वकप टी २० क्वालिफायर एसिया रिजन फाइनल

नेपाल ७ विकेटले विजयी

२०२० एसीसी इस्टर्न रिजन टी-२०

नेपाल २२ रनले पराजित

२०२१ त्रिकोणात्मक सिरिज

नेपाल ९ विकेटले विजयी