कीर्तिमानी खेलाडी कुशल चौथो खेलमा १६ रनमा आउट

  • प्रकाशित मिति : २०७८ बैशाख ९, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ। डेब्युपछि लगातार तीन खेलमा अर्धशतक प्रहार गरेर विश्व कीर्तिमान बनाएका कुशल भुर्तेल चौथो खेलमा भने १६ रनमा आउट भएका छन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा मलेसियाविरुद्धको खेलमा कुशल १२ बलमा १६ रन बनाएर आउट हुन पुगे ।



उनले २ छक्का प्रहार गरेका थिए । मोहम्मद वाफिकको बलिङमा सियद अजिजले उनलाई क्याच आउट गरेका हुन् ।

पहिलो खेलमा नेदरल्याड्सविरुद्ध कुशलले ६२, दोस्रो खेलमा मलेसियाविरुद्ध ६१ र तेस्रो खेलमा नेदरल्याण्ड्विरुद्ध पनि ६२ रन बनाएका थिए ।

डेब्युपछि लगातार तीन खेलमा अर्धशतक बनाएर विश्व कीर्तिमान बनाएका कुशल आइसिसीको ब्याटिङ वरियतामा एक सय स्थानभित्र पनि अटाएका छन् ।

मलेसियाविरुद्ध खेलिरहेको नेपाल फाइनल पुगिसकेको छ ।