खाना पकाउने ग्यास सिलिन्डरहरु तत्काल भर्न आग्रह

  • प्रकाशित मिति : २०७८ बैशाख १०, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघले खाली भएका खाना पकाउने ग्यास सिलिन्डरहरु तत्काल भर्न आग्रह गरेको छ । संघले सम्पूर्ण उपभोक्ता तथा बिक्रेतालाई आफुसंग भएका खाली सिलिन्डर भरेर भण्डारण गर्न आग्रह गरेको हो ।

नेपाल आयल निगमले संघलाई एलपी ग्यासको अभाव नहुने ब्यबस्था गर्न पत्राचार गरेपछि संघले खालि सिलिन्डर अहिले नै भण्डारण गरेर राख्न आग्रह गरेको हो ।



कोरोनाको दोस्रो लहर फैलिएसंगै ग्यास अभाव हुन नदिन तथा सहज तरिकाले ग्यास उपलब्ध हुने सुनिश्चितता गर्न संघले खाली भएका सिलिन्डर यथाशीघ्र भर्न आग्रह गरेको हो ।