त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै परीक्षा यथावत सञ्चालन हुने

  • प्रकाशित मिति : २०७८ बैशाख १२, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालन भइरहेका त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै परीक्षा यथावत सञ्चालन हुने बताएको छ । त्रिभुवन विश्वविद्यालयका उपपरीक्षक नियन्त्रक डा. घनश्याम ठाकुरले चलिरहेका परीक्षा यथावत सञ्चालन हुने बताए ।

‘सीसीएमसीले सिफारिस गर्दैमा परीक्षा रोकिँदैन । भोलिको परीक्षा हुन्छ, ‘ उनले भने, ‘मन्त्रिपरिषद्‍को निर्णय आएपछि अर्को सूचना आउँछ ।’



त्रिविको स्नातक र स्नातकोत्तर तहको परीक्षा भइरहेको छ