काठमाडौं । म्यानचेस्टर सिटीले लागातार चौथो पटक लिग कप (इएफएल कप) फुटबलको उपाधि जितेको छ ।
गए राति भएको खेलमा टोटनह्यामलाई १–० ले पराजित गरेर म्यानचेस्टर सिटीले उपाधि जितेको हो ।
सिटीका लागि ८२ औँ मिनेटमा केविन डी ब्रूयनाको सहयोगमा यमरिक लापोर्टले गोल गरेका हुन् ।