आईपीएल: कोलकाताद्वारा पञ्जाब पराजित

  • प्रकाशित मिति : २०७८ बैशाख १४, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । आईपीएल टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राईडर्सले पञ्जाब किङ्सलाई पराजित गरेकाेछ । पञ्जाबलाई ५ विकेटले पराजित गरेको कोलकाता दोस्रो जित निकाल्न सफल भएको हो ।

पञ्जाबले दिएको १ सय २४ रनको लक्ष्य कोलकाताले १६ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो । कोलकाताको जितमा कप्तान इयान मोर्गनले अविजित रहँदै ४७ रन जोडे ।



यस्तै राहुल त्रिपाठीले ४१ रन बनाए । आन्द्रे रसेल १० रनमा आउट भए । पञ्जाबका मोहमद शामी, मोइसेस हेन्रिक्स, आर्शदिप सिंह र दीपक होडाले एक एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो । पन्जाबका मायांक अग्रवालले ३१ रन जोड्दा क्रिस जोर्डनले ३० रन बनाए ।

जितसँगै कोलकाता पाँचौँ स्थानमा उक्लिएको छ । कोलकाताले ६ खेलमा ४ अंक जोडेको छ । ६ खेलमा ४ अंक जोडेको पञ्जाब छैटौं स्थानमा छ ।