आईपीएलको यो सिजन निलम्बन

  • प्रकाशित मिति : २०७८ बैशाख २१, मंगलवार
  • nepaltale.com

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आईपीएल २०२१ लाई निलम्बन गरेको छ ।

कोरोना भाइरस संक्रमण बढेपछि बीसीसीआईले आईपीएल निलम्बन गरेको हो ।

बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लले यो सिजनका लागि आईपीएल निलम्बन गरेको एएनआईलाई बताएका छन् ।