कर्मचारीलाई १० दिनको भ्रमण बिदा

  • प्रकाशित मिति : २०७८ जेष्ठ १५, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। भ्रमण खर्चसहित १० दिन भ्रमण बिदा दिने घोषणा अर्थमन्त्री विष्ण प्रसाद पौडेलले गरेका छन् ।

उनका अनुसार आन्तरिक पर्यटन प्रवद्र्धन गर्न यो नीति ल्याइएको हो । निजी क्षेत्रका संघसंस्थालाई समेत यसमा प्रोत्साहन गर्ने नीति ल्याउने घोषणा सरकारले गरेको छ ।



स्वास्थ्य बीमामा साढे ५ अर्ब, स्थानीय तहका ५० प्रतिशतसम्म पुर्याउने

सरकारले आगामी वर्ष सबै स्थानीय तहमा स्वास्थ्य बीमा पुर्याउने भएको छ । यसका लागि साढे ५ अर्ब बजेट विनियोजन गरेको अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बताए । आगामी आर्थिक वर्षसम्म ५० प्रतिशतमा स्वास्थ्य बीमा पुर्याउने लक्ष्य सरकारले लिएको छ ।